तालिमरत सशस्त्र प्रहरी जवानको मृत्यु

spot_img

धनगढी,२१ वैशाख । कैलालीमा तालिमरत सशस्त्र प्रहरीका प्रशिक्षार्थी जवान महेश महताको उपचारका क्रममा मृत्यु भएको छ। उनी सशस्त्र प्रहरीको बडिमालिका जवान तालिम शिक्षालय, बनबेहडामा तालिमरत थिए।

शिक्षालयका अनुसार आइतबार राति करिब १:३० बजे उनलाई टाउको र छाती दुख्न थालेपछि तत्काल सशस्त्र प्रहरीको फिल्ड अस्पताल अत्तरिया लगिएको थियो। अवस्था गम्भीर बनेपछि उनलाई अत्तरिया अस्पतालमा स्थानान्तरण गरिएको थियो।

उपचारकै क्रममा सोमबार बिहान करिब ४:३० बजे बेहोस भएका महतालाई बिहान सवा ५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

दार्चुला नौगाड गाउँपालिका–१ का स्थायी बासिन्दा महता फागुनदेखि तालिममा सहभागी थिए। उनी अचानक बिरामी परेको बताइएको छ।

हाल शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ भने मृतकका परिवार (बुवा) दार्चुलाबाट आइरहेका छन्। परिवार पुगेपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने सशस्त्र प्रहरीले जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय