spot_img

नारायणी रंगशाला जाने सडकमा बृहत सरसफाइ अभियान

spot_img
spot_img

बीरगन्ज,२१ वैशाख । बीरगन्जस्थित नारायणी रंगशाला जाने सडकमा सोमबार बिहान बृहत सरसफाइ कार्यक्रम गरिएको छ। वीरगन्ज महानगरपालिका वडा नं. १३ मा पर्ने उक्त सडकमा महानगरपालिकाको अगुवाइमा सरसफाइ गरिएको हो।

सरसफाइ अभियानमा बीरगन्ज महानगरका मेयर राजेशमान सिंहसहित विभिन्न संघसंस्थाका प्रतिनिधि, सुरक्षाकर्मी, विद्यार्थी र शिक्षकहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रममा गौतम माध्यमिक विद्यालयका विद्यार्थी तथा शिक्षक, ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतान, पर्साका प्रहरी नायब उपरीक्षक राजु कार्की, सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन निरौला, ट्राफिक प्रहरी निरीक्षक युवराज कटुवाल तथा नगर प्रहरी प्रमुख हरि भुसाललगायतको उपस्थिति रहेको थियो।

स्थानीय तह र सरोकारवालाको सहकार्यमा गरिएको सरसफाइ अभियानले क्षेत्रलाई स्वच्छ र व्यवस्थित बनाउने उद्देश्य राखिएको बताइएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय