काठमाडौं,१२ वैशाख । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत युएईविरुद्धको खेलमा नेपालले २०१ रनको लक्ष्य प्रस्तुत गरेको छ। त्रिवि क्रिकेट मैदान मा जारी खेलमा नेपाल ४८.२ ओभरमा अलआउट हुँदै २०० रनमा समेटियो।
नेपालका लागि उपकप्तान दीपेन्द्र सिंह ऐरी ले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै ९० बलमा ७५ रन बनाए। उनले आफ्नो इनिङ्समा ५ चौका र २ छक्का प्रहार गर्दै टोलीलाई सम्मानजनक स्कोरसम्म पुर्याए।
अन्य ब्याट्सम्यानमध्ये कुशल भुर्तेल ले २४ रन, करण केसी ले २२ रन, बसिर अहमद ले २० रन योगदान गरे। आरिफ शेख र सोमपाल कामी ले समान १५–१५ रन बनाए भने भीम सार्की ले १० रन जोडे। कप्तान रोहित पौडेल भने केवल २ रनमै आउट भए।
बलिङतर्फ युएईका जुनेद सिद्धिकी र अजय कुमार ले समान ३–३ विकेट लिए। त्यस्तै आयान खान ले २ विकेट लिँदा हैदर अली र मोहम्मद शहजाद ले १–१ विकेट लिए।
अब युएईले जितका लागि २०१ रनको लक्ष्य पछ्याउनेछ।

