परवानीपुरमा ट्याक्टरले च्यापिँदा युवकको मृत्यु

spot_img

बीरगन्ज,२१ वैशाख । बाराको परवानीपुर गाउँपालिका–३ स्थित परवानीपुर बजारमा ट्याक्टरबाट माटो खसाउने क्रममा च्यापिएर एक युवकको मृत्यु भएको छ।

आइतबार राति स्थानीय रामबाबु रौनियारको खाली जग्गामा माटो खसाउने क्रममा प्लास्टिक टिप्दै गरेका अन्दाजी ३५ वर्षीय युवक ट्याक्टरको चपेटामा परेका थिए। घटनास्थलमै उनको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान छ।

इलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठका अनुसार घटनाको प्रकृति हेर्दा ट्याक्टरले च्यापिएर मृत्यु भएको देखिएको छ। घटनाको थप पुष्टि र कारण पत्ता लगाउन सिसिटिभी फुटेजका आधारमा अनुसन्धान भइरहेको छ।

मृतक युवकको पहिचान हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनापछि शवलाई घटनास्थलबाट केही पर सारिएको अवस्थामा फेला परेको भन्दै प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय