२०–२१ कात्तिकमा बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

spot_img

काठमाडौं,२० असोज । सरकारले यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम आगामी २० र २१ कात्तिकमा सञ्चालन गर्ने भएको छ।

सामान्यतया सरकारले पहिलो चरण २–३ कात्तिक र दोस्रो चरण ६–७ वैशाखमा दुईपटक कार्यक्रम सञ्चालन गर्दै आएको भए पनि यस वर्ष तिहारका कारण पहिलो चरण २०–२१ कात्तिकमा तय गरिएको स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार दुई दिने अभियानमा पाँच वर्षमुनिका करिब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २४ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने लक्ष्य राखिएको छ। ६ महिनाभन्दा माथिका बालबालिकालाई पोषणयुक्त ‘बाल भिटा’ पनि उपलब्ध गराइनेछ। नियमित खोप छुटेका ५ वर्षमुनिका बालबालिकालाई समेत खोप दिइने छ।

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि नजिकको विद्यालय, स्वास्थ्य चौकी वा सामुदायिक भवनमा लगेर खुवाउन सकिने महाशाखाले जनाएको छ।

भिटामिन ‘ए’ को कमीले बालबालिकामा वृद्धि–विकासमा असर, रतन्धो, कुपोषण, रोग प्रतिरोधात्मक क्षमता घट्ने लगायतका समस्या उत्पन्न गर्न सक्ने विज्ञहरू बताउँछन्। पछिल्लो अध्ययनले पाँच वर्षमुनिका बालबालिकामध्ये ११ प्रतिशतलाई भिटामिन ‘ए’ कमी रहेको देखाएको छ।

भिटामिन ‘ए’ पाइने स्रोतमा चुकन्दर, साग, ब्रोकाउली, साबुत अन्न, पनीर, फलफूल, डेरी उत्पादन, मांस, पालक, मटर, फर्सी, खुर्सानी, तरकारी र केही फलफूलहरू पर्छन्। यसले हड्डी मजबुत बनाउने, घाउ छिटो निको गर्ने, रोग प्रतिरोधात्मक क्षमता बढाउने र छालालाई स्वस्थ राख्ने काम गर्छ।

स्वास्थ्य मन्त्रालयले यस कार्यक्रम सफल बनाउन सातवटै प्रदेशका सामाजिक विकास मन्त्रालय र स्थानीय तहलाई परिपत्र गरी आवश्यक तयारी गरिसकेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय