Date
आइत, कार्तिक २३, २०८२
Sun, November 9, 2025
Date
आइत, कार्तिक २३, २०८२
Sun, November 9, 2025

नेप्से ३० अंकले घट्याे

काठमाडौं,२३ कात्तिक । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार उच्च अङ्कले ओरालो...

कर्मचारीलाई राजनीतिक दलको गतिविधिमा...

काठमाडौँ,२३ कात्तिक । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षण संस्थाका शिक्षक,...

मनाङमा बेपत्ता बाबु–छोरीको शव...

काठमाडौँ,२३ कात्तिक । मनाङ जिल्लामा करिब तीन सातादेखि बेपत्ता रहेका दुई भारतीय नागरिकको...

कक्षा १२ को पूरक...

काठमाडौं,२३ कात्तिक । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नतिजा आज...
spot_imgspot_imgspot_img
24.1 C
Kathmandu
27.7 C
Birgunj
spot_img

गोविन्दा र सलमान खान फेरि एउटै फिल्ममा सँगै देखिने

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,१२ कातिक । बलिउडका अभिनेता गोविन्दा र सलमान खान दुई दशकपछि फेरि एउटै फिल्ममा सँगै देखिने भएका छन्। बलिउडका सञ्चारमाध्यमले यसबारे चर्चा गरिरहेका छन्।

गोविन्दा बलिउडमा लामो समयपछि कमब्याक गर्दैछन्। उनी र सलमानले सँगै अभिनय गरेको २००७ मा रिलिज भएको फिल्म पार्टनर ब्लकबस्टर साबित भएको थियो। अहिलेको नयाँ प्रोजेक्ट प्रारम्भिक चरणमा रहेको र फिल्मको शीर्षक अहिलेसम्म तय नभएको बताइएको छ।

सलमान खानले बिग बोस १९ मा गोविन्दासँग फेरि काम गर्ने संकेत दिएका थिए भने गोविन्दाले सामाजिक सञ्जालमार्फत आफ्नो कमब्याकको संकेत गर्दै “नयाँ सुरुवातका लागि तयार छु” लेखेका थिए।

- Advertisement -

यसैबीच, सलमान नयाँ फिल्म ब्याटल अफ गलवान मा आर्मी अफिसरको भूमिकामा देखिने छन्। फिल्मको निर्देशन अपूर्व लाखियाले गर्दैछन् र केही सुटिङ लद्दाखमा सम्पन्न भइसकेको छ।

यो फिल्म र दुई बलिउडका चर्चित कलाकारको पुनर्मिलनले दर्शक र फ्यानहरूमा उत्साह बढाएको छ।

ताजा समाचार

थप समाचार