spot_img

बलिउडका वरिष्ठ अभिनेता धर्मेन्द्रको निधन

spot_img
spot_img

काठमाडाैं,२५ कातिक । भारतीय फिल्म उद्योगका सुप्रसिद्ध अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन भएको छ। श्वासप्रश्वाससम्बन्धी समस्या गम्भीर बनेपछि उनलाई सोमबार मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो।

स्वास्थ्यक्रम झन् बिग्रँदै गएपछि चिकित्सकहरूले उनलाई भेन्टिलेटरमा राखेका थिए। परिवारका स्रोतका अनुसार स्थिति अत्यन्तै संवेदनशील भएपछि विदेशमा रहेका उनका छोरीहरूलाई तुरुन्त मुम्बई बोलाइएको थियो।

अस्पताल बाहिर सोमबार राति उनका छोराहरू सनी देओल र बबी देओल अत्यन्तै भावुक देखिएका थिए। बबी देओलले आफू रहेको “अल्फा” चलचित्रको छायांकनसमेत बीचमै रोक्दै मुम्बई फर्किएका थिए।

धर्मेन्द्रको स्वास्थ्य अवस्थाबारे खबर सुनेपछि शाहरुख खान, सलमान खानसहित बलिउडका थुप्रै कलाकार राति नै अस्पताल पुगेका थिए। फिल्म जगतले उनलाई “ही-म्यान” को रूपमा याद गर्ने गर्छ, जसले पाँच दशकभन्दा बढी समय भारतीय सिनेमामा उर्जामय उपस्थिति जनाए।

उनको निधनसँगै बलिउडमा मात्र होइन, सम्पूर्ण भारतीय सांस्कृतिक संसारमा एक युगको अन्त्य भएको अनुभूति गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय