spot_img

बलिउडका ‘ही–म्यान’ धर्मेन्द्र अस्पतालबाट डिस्चार्ज, गलत मृत्युको हल्ला फैलाएको भन्दै परिवार आक्रोशित

spot_img
spot_img

काठमाडौं, २६ कात्तिक  । बलिउडका वरिष्ठ अभिनेता धर्मेन्द्र उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। करिब तीन हप्तादेखि मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा श्वासप्रश्वासको समस्या र निमोनियाको उपचारमा रहेका धर्मेन्द्र बुधबार घर फर्किएका हुन्।

अस्पतालमा धर्मेन्द्रको उपचारमा संलग्न चिकित्सक डा. प्रीत सम्दानीका अनुसार अभिनेता अहिले स्थिर स्वास्थ्य अवस्थामा छन् र चिकित्सकको निगरानीमा घरमै आराम गरिरहेका छन्।

तर उनी डिस्चार्ज हुनुअघि नै मिडियामा धर्मेन्द्रको ‘मृत्यु’ भएको गलत समाचार फैलिएको थियो, जसले उनका परिवारजनलाई आक्रोशित बनायो।

छोरी ईशा देओलले सामाजिक सञ्जालमार्फत मिडियामाथि कठोर प्रतिक्रिया जनाउँदै भनिन्, “मेरो बुबा स्थिर हुनुहुन्छ र स्वास्थ्यलाभ भइरहनुभएको छ। तर केही मिडियाले हतारमा गलत समाचार फैलाएका छन्, यो अत्यन्तै गैरजिम्मेवार कार्य हो।”

त्यस्तै धर्मेन्द्रकी श्रीमती र अभिनेत्री हेमा मालिनीले पनि इन्स्टाग्राममार्फत मिडियालाई सचेत गराउँदै लेखिन्, “उपचारमा रहेका र निको हुँदै गरेका व्यक्तिको मृत्युको समाचार प्रसारण गर्नु अत्यन्तै निन्दनीय र अनादरपूर्ण व्यवहार हो। कृपया परिवारको गोपनीयता र संवेदनशीलताको सम्मान गर्नुस्।”

८८ वर्षीय धर्मेन्द्र बलिउडका दिग्गज अभिनेतामध्ये एक हुन्। उनी ‘शोले’, ‘सत्यमेव जयते’, ‘यादों की बारात’ जस्ता अनेक सुपरहिट फिल्मका कारण ‘ही–म्यान अफ बलिउड’ का रूपमा परिचित छन्। अहिले उनी स्वास्थ्यलाभपछि घरमै विश्राम गरिरहेका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय