दिग्गज अभिनेता धर्मेन्द्रको निधन

spot_img

काठमाडौ,०८ मंसिर । भारतीय चलचित्र उद्योगका वरिष्ठ तथा बहुप्रशंसित अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा सोमबार निधन भएको छ। भारतीय समाचार एजेन्सी आईएएनएसका अनुसार, उनले दिउँसो करिब १ बजे आफ्नो निवासमा अन्तिम सास फेरे।

उनको अन्त्येष्टि विले पार्लेस्थित श्मशानघाटमा सम्पन्न हुनेछ, जहाँ अमिताभ बच्चन, आमिर खानलगायत भारतीय फिल्म जगतका प्रतिष्ठित कलाकारहरूको उपस्थितिको अपेक्षा गरिएको छ।

केही दिनअघि धर्मेन्द्र जीवितै हुँदा पनि उनको निधनको भ्रामक समाचार सामाजिक सञ्जालमा फैलिएको थियो, जसप्रति परिवारले कडा आपत्ति जनाएको थियो।

छ दशकभन्दा बढी समय भारतीय सिनेमामा सक्रिय रहेका धर्मेन्द्रले एक्शनदेखि रोमान्ससम्मका विधामा अमिट छाप छोडेका छन्। उनको निधनले बलिउडले एक सदाबहार स्टार गुमाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय