Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026
Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026

ग्राहकहरूको पहिलो रोजाइ बन्दै...

वीरगञ्ज — वीरगञ्जको लिंक रोडमा अवस्थित ईशा बिल्ड मार्टले आफ्नो स्थापनाको दोस्रो वार्षिकोत्सव...

रेशम चौधरीको उम्मेदवारी खारेज,...

काठमाडौं,०८ माघ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी निर्वाचन...

प्याब्सन पर्साको आयोजनामा प्याब्सन...

वीरगञ्ज, ८ माघ - वीरगञ्जमा आजदेखि दशौँ संस्करणको प्याब्सन अन्तरविद्यालय क्रिकेट प्रतियोगिता सुरु...

अस्ट्रेलियामा गोलीबारी हँदा तीन...

काठमाडौं,०८ माघ । अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको गाउँ लेक कार्गेलिगोमा बिहीबार गोली...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
14.9 C
Birgunj
spot_img

महाधिवेशन केही समयका लागि पर धकेलिन सक्छ : शेखर कोइराला

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,०८ पुस । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले महाधिवेशन केही समय पर धकेलिन सक्ने बताएका छन् । कृष्णप्रसाद भट्टराईको १०२औं जन्मजयन्तीको अवसरमा काठमाडौंमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले कांग्रेसको अधिवेशनबारे सबैमा चासो देखिएको भन्दै महाधिवेशन कुनै नौलो कुरा नभएको बताए । महाधिवेशन हरेक चार वर्षमा हुने नियमित प्रक्रिया रहेको बताउँदै सञ्चारमाध्यमहरूले धेरै चासो देखाउन जरुरी नरहेको उनले बताए । आफूले महाधिवेशन सार्न नखोजेको स्पष्ट पार्दै सिरियल नम्बर नभएको क्रियाशील सदस्य बाँड्ने कामले केही समय पर धकेलिएको बताए । आफू २६ पुसमै महाधिवेशन हुनुपर्छ भन्ने पक्षमा रहेको पनि स्पष्ट पारे ।

कोइरालाले भने, ‘कांग्रेस महाधिवेशनबारे सबैलाई किन चिन्ता लागेको हो मैले बुझेको छैन । एउटा पार्टीको अधिवेशन हुनु, पार्टीको अधिवेशन हो, निरन्तर ४/४ वर्षमा हुनुपर्छ । भइरहन्छ भन्ने बुझ्नुस् । जसले पनि अधिवेशनको बारेमा सोध्छ । मलाई त दिक्क पनि लाग्छ कहिले कहीँ । आफ्नो तरिकाले जान्छ, किन चिन्ता गर्ने ? नेपाली कांग्रेसको अधिवेशन केही लम्बिन सक्छ ।’

नेता कोइरालाले सरकारले निर्वाचन २१ फागुनमा तोकेको भए पनि निर्वाचन हुन सम्भव नरहेको बताए । निर्वाचनको माहोल कतै नदेखिएको उनले बताए ।

ताजा समाचार

थप समाचार