spot_img

छ मन्त्री थपिँदै मधेस प्रदेश मन्त्रिपरिषद्ले पूर्णता पाउँदै

spot_img
spot_img

जनकपुर,१६ पुस । मधेस प्रदेश सरकारको मन्त्रिपरिषद् सरकारले गठन भएको करिब एक महिनापछि पूर्णता पाउने चरणमा पुगेको छ। मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका अनुसार आज थप छ जना मन्त्री नियुक्त गरिएको हो।

नियुक्त मन्त्रीहरूलाई आजै शपथग्रहण गराउने तयारी भइरहेको मुख्यमन्त्री कार्यालयले जनाएको छ। नयाँ मन्त्रीहरूको नियुक्तिसँगै प्रदेश सरकारको मन्त्रिपरिषद् संरचना पूर्ण हुने अपेक्षा गरिएको छ।

नियुक्त भएका मन्त्रीहरूमा मनिष कुमार सुमन लाई श्रम तथा यातायात मन्त्रालय, राज कुमार गुप्ता लाई भौतिक पूर्वाधार विकास मन्त्रालय, शङ्कर प्रसाद चौधरी लाई वन तथा वातावरण मन्त्रालय, श्याम प्रसाद पटेल लाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, वसन्त कुमार कुशवाहा लाई खेलकुद तथा समाज कल्याण मन्त्रालय र फकिरा महतो लाई गृह, सञ्चार तथा कानुन मन्त्रालय को जिम्मेवारी दिइएको छ।

प्रदेश सरकारको कार्यक्षमता मजबुत बनाउँदै सेवा प्रवाह प्रभावकारी बनाउने उद्देश्यले मन्त्रिपरिषद् विस्तार गरिएको बताइएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय