spot_img

मतपत्र छपाइ अन्तिम चरणमा, आइतबारसम्म सकिने

spot_img
spot_img

काठमाडाै,०१ फागुन । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ अन्तिम चरणमा पुगेको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले दैनिक १२ देखि १५ लाख मतपत्र छाप्दै आइरहेको छ र आइतबारसम्म सबै मतपत्र छपाइ सम्पन्न हुने जानकारी दिएको छ।

केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलका अनुसार, “आज बिहानसम्ममा ६ प्रदेशका मतपत्र छपाइ सकिसकेर वाग्मती प्रदेशका लागि छपाइ सुरु गरिएको छ। कुल दुई करोड तीन लाख मतपत्र मध्ये एक करोड ७३ लाख मतपत्र छपाइ भइसकेको छ, बाँकी ३० लाख आइतबारसम्म छपाइ गरिनेछ।”

उमेदवार धेरै भएका जिल्लामा ठूलो आकारको मतपत्र छापिनुपर्ने हुँदा केही जिल्लामा छपाइ ढिला भएको उनले बताए।

प्रवन्ध निर्देशक पौडेलले छपाइ सकिएका जिल्लाका मतपत्र नेपाली सेनाको माध्यमबाट ढुवानी भइरहेको जानकारी दिए। हालसम्म ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रका मतपत्र छपाइ भइसकेको छ।

केन्द्रले कर्णाली प्रदेशका सल्यान, रुकुम पश्चिम, डोल्पा, मुगु, हुम्ला, कालीकोट, जुम्ला, जाजरकोट, दैलेख र सुर्खेतका निर्वाचन क्षेत्रका मतपत्र ढुवानी भइसकेको जनाएको छ। साथै, सुदूरपश्चिम र अन्य प्रदेशका दर्जनौं जिल्लाका मतपत्र छपाइ सकिएको छ।

यसरी छपाइ सकिएका मतपत्र निर्वाचन आयोगको निर्देशन अनुसार विभिन्न निर्वाचन क्षेत्रहरूमा वितरण भइसकेको छ र बाँकी मतपत्र छपाइ सम्पन्न भएपछि देशभर मतदानका लागि तयार हुने छ।

spot_img

ताजा अपडेट

लोकप्रिय