spot_img

योजनाको भुक्तानी विषयमा सांसद खातुन र स्थानीयबीच विवाद

spot_img
spot_img

सर्लाही,१३ जेठ । सर्लाहीको कविलासी नगरपालिका–२ पिपरियामा प्रदेश सरकारको २५ लाख रुपैयाँको सडक निर्माण योजनाको भुक्तानी विवादलाई लिएर मधेश प्रदेशसभा सदस्य हसिना खातुन र स्थानीयवासीबीच विवाद भएको छ ।

केही दिनअघि प्रदेशसभा बैठकमा सांसद खातुनले योजना सम्पन्न नगरी भुक्तानी गरिएको आरोप लगाएकी थिइन् । सोही विषयमा जानकारी लिन स्थानीयवासी आज बुधबार बिहान उनको निवास पुगेका थिए ।

स्थानीयवासीले भने सडक निर्माणको काम सम्पन्न भएपछि मात्रै भुक्तानी गरिएको दाबी गरेका छन् । स्थानीय शेख सहदुल्लाका अनुसार बरुण चौधरी, सञ्जीव चौधरीलगायतको सहभागितामा योजना कार्यान्वयन गरिएको थियो ।

संसदमा उठाइएको विषयबारे जानकारी लिन जाँदा छलफलका क्रममा विवाद चर्किएको स्थानीयवासीले बताएका छन् । सहदुल्लाले सांसद खातुनका श्रीमान्बाट हातपात भएपछि अवस्था तनावपूर्ण बनेको आरोप लगाए ।

घटनापछि दुवै पक्षबीच इलाका प्रहरी कार्यालय हरिपुरमा छलफल भएको थियो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय