spot_img

मधेस केन्द्रित फिल्म ‘प्रतिवैरम’को टिजर सार्वजनिक

spot_img
spot_img

काठमाडाैं,१७ पुस । रोशन दासको निर्देशनमा निर्माण भएको फिल्म ‘प्रतिवैरम’ को टिजर सार्वजनिक गरिएको छ। काठमाडौंमा एक कार्यक्रमकाबीच सार्वजनिक टिजरले फिल्मको कथावस्तु र पात्रहरूबारे जानकारी दिन्छ। मधेस केन्द्रित सामाजिक तथा राजनीतिक विषयवस्तुमा यो फिल्म बनेको हो। टिजरले फिल्म मधेशमा हुने अपराधको विषयमा बनेको संकेत दिन्छ।

एक्सन समावेश टिजरमा दाइजोको कुरा र दाजु बहिनीको भावनात्मक कथा पनि देखाउन खोजिएको छ। ‘प्रतिवैरम’ मा सम्राट दास, सुप्रज्ञा शर्मा, वीरेन्द्र सिंह कुशुवा, आलिशा बास्तोला, रोनी यादव, बिक्की शाह, रमेश बुढाथोकी, प्रदीप ढकाललगायत कलाकारहरूको अभिनय छ।

निर्देशक रोशन दासका अनुसार मधेसका वास्तविक कथा, सौन्दर्य र सामाजिक-राजनीतिक समस्यालाई यथार्थपरक ढंगले प्रस्तुत गर्ने उद्देश्यले फिल्म निर्माण गरिएको हो। फिल्ममार्फत मधेसको वास्तविक जीवन र संवेदनालाई दर्शकमाझ पुर्‍याउने योजना रहेको उनले बताए। फिल्मको कथा निर्देशक दास स्वयंको हो भने पटकथा युवराज भट्टराईले लेखेका हुन्।

रेज इन्टरटेनमेन्टले किङ वाईटी स्टुडिओ र श्रीयन इन्टरटेन्मेन्टसँगको सहकार्यमा ‘प्रतिवैरम’ निर्माण गरेको हो। फिल्मको सह-निर्मातामा अनिश पोखरेल र हिक्मत शर्मा छन् भने कार्यकारी निर्माता बिक्की शाह हुन्। कृष्ण बर्देवाको डिओपी रहेको फिल्मको सम्पादन कविर ओडले गरेका हुन्।

निर्माण पक्षका अनुसार ‘प्रतिवैरम’ २०८३ सालको जेठ महिनामा प्रदर्शनमा ल्याउने तयारी भइरहेको छ। नेपाली, हिन्दी, मैथिली र भोजपुरी भाषामा फिल्म निर्माण गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय