कांग्रेस सभापति गगन थापा सर्लाही–४ बाट चुनाव लड्ने

spot_img

बीरगन्ज, ६ माघ । नेपाली कांग्रेसका सभापति गगन थापा आगामी प्रतिनिधिसभा निर्वाचनमा सर्लाही–४ बाट उम्मेदवार बन्ने भएका छन् । यससँगै उनले यसअघिका निर्वाचनहरूमा प्रतिनिधित्व गर्दै आएको काठमाडौं–४ क्षेत्र परिवर्तन गर्ने निर्णय गरेका हुन् ।

थापा यसअघि लगातार तीनपटक काठमाडौं–४ बाट निर्वाचित हुँदै आएका थिए । पार्टी स्रोतका अनुसार आगामी निर्वाचनमा मधेस केन्द्रित राजनीतिक रणनीति र संगठन सुदृढीकरणलाई प्राथमिकता दिँदै उनले सर्लाही–४ रोजेको जनाइएको छ ।

उनको निर्वाचन क्षेत्र परिवर्तनको निर्णयलाई कांग्रेसभित्र आगामी चुनावलाई लक्षित नयाँ राजनीतिक सन्तुलन र सन्देशका रूपमा हेरिएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय