spot_img

१० वर्षपछि मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी सप्तरीबाट पक्राउ

spot_img
spot_img

सप्तरी,२७ चैत । सप्तरी प्रहरीले करिब १० वर्षअघि भएको मानव बेचबिखन तथा ओसारपसार मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बोदेबर्साईन नगरपालिका–८ निवासी शिवकुमार साह रहेका छन्। उनलाई राजविराज–६ बाट बुधबार नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय सप्तरी का अनुसार २०७२ साल वैशाख २३ गते भारत घुमाउने बहानामा एक व्यक्तिलाई सीमापार लैजाने घटनामा उनी संलग्न रहेको आरोप छ।

प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरी ले उक्त घटनापछि लामो समयदेखि फरार रहेका साहलाई अहिले पक्राउ गरिएको जानकारी दिएका छन्। उनलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा सप्तरी जिल्ला अदालत बाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।

यसैबीच, प्रहरीले अन्य दुई फरक मुद्दाका प्रतिवादीलाई पनि पक्राउ गरेको जनाएको छ। चोरी मुद्दामा राजविराज–४ का गणेश कुमार साह पक्राउ परेका छन्। उनीमाथि घरको ताल्चा फोडी सुनका गहना चोरी गरेको आरोप छ।

त्यसैगरी, ज्यान मार्ने उद्योग मुद्दामा तिलाठी कोइलाडी गाउँपालिका–८ का अरुणकुमार देव (बिजुली) पक्राउ परेका छन्। उनीमाथि स्थानीय रामप्रसाद यादवमाथि घरेलु हतियार प्रयोग गरी गम्भीर आक्रमण गरेको आरोप लागेको छ।
प्रहरीका अनुसार चोरी र ज्यान मार्ने उद्योग मुद्दाका दुवै प्रतिवादीलाई अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय