spot_img

दुई दिन बिदा भए पनि नारायणी अस्पतालमा आइतबार ओपीडी खुला

spot_img
spot_img

वीरगन्ज,२७ चैत । हप्तामा दुई दिन सार्वजनिक बिदा लागू भए पनि नारायणी अस्पताल मा आइतबार पनि ओपीडी (बहिरंग) सेवा सञ्चालन हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ले सरकारी अस्पतालहरूलाई कामको चाप र उपलब्ध जनशक्तिको आधारमा आइतबार पनि ओपीडी सेवा खुला राख्न निर्देशन दिएको छ। मन्त्रालयका अनुसार सेवा निरन्तरता सुनिश्चित गर्दै कर्मचारी व्यवस्थापन मिलाउनुपर्नेछ।

निर्देशनअनुसार अस्पतालहरूले कर्मचारीलाई हप्तामा दुई दिन बिदा दिनुपर्नेछ—शनिबारसँगै अर्को एक दिन। यदि बिदा दिन सम्भव नभए सट्टा बिदाको व्यवस्था गर्न पनि भनिएको छ। मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारी ले प्रादेशिक अस्पतालहरूमा समेत यो व्यवस्था कार्यान्वयन गर्न आग्रह गरिएको जानकारी दिए।

यसैबीच, नारायणी अस्पतालका मेसु डा. चित्तरञ्जन साह ले आइतबार पनि बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म ओपीडी सेवा सञ्चालन हुने बताए। सरकारले शनिबार र आइतबार दुई दिन बिदा घोषणा गरे पनि स्वास्थ्य सेवा निरन्तर राख्न यस्तो व्यवस्था गरिएको उनको भनाइ छ।

spot_img

ताजा अपडेट

लोकप्रिय