काठमाडौँ,२७ चैत । पूर्वगृहमन्त्री रमेश लेखक ले आफूविरुद्ध तयार पारिएको प्रतिवेदनलाई ‘अपूर्ण र अप्रमाणित’ भन्दै त्यसकै आधारमा गरिएको कारबाहीलाई पूर्वाग्रही र प्रतिशोधपूर्ण भएको आरोप लगाएका छन्।
भदौ २३ र २४ गतेको घटनाबारे छानबिन गर्न गठित आयोगको प्रतिवेदनलाई आधार बनाएर आफूविरुद्ध फौजदारी अभियोग लगाई १३ दिनसम्म हिरासतमा राखिएको उनले बताएका छन्। तर, अदालतको आदेशपछि अन्ततः आफू रिहा भएको उनको भनाइ छ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै लेखकले उक्त प्रतिवेदन विश्वसनीय नभएको दाबी गर्दै आफूले कानुनी प्रक्रियामाथि विश्वास राखेको उल्लेख गरेका छन्।
साथै, उनले परमादेश जारी गर्ने सर्वोच्च अदालत प्रति सम्मान व्यक्त गर्दै आगामी दिनमा कानुनी तथा राजनीतिक रूपमा लडाइँ जारी रहने बताएका छन्।
लेखकले आफ्नो रिहाइका लागि आवाज उठाउने नागरिक, कानुन व्यवसायी, मानवअधिकारकर्मी, राजनीतिक दल तथा सञ्चारकर्मीप्रति आभार पनि व्यक्त गरेका छन्।




