Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026

पर्सा–१ मा हरि पन्तको...

वीरगंज,२५ माघ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा निर्वाचन क्षेत्र नं.–१ का...

अन्तिम ओभरमा चुक्यो नेपाल,...

मुम्बई,२५ माघ  — आईसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४...

पर्सामा निर्वाचन आचारसंहिता उल्लङ्घनको...

वीरगंज, २५ माघ — पर्सा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै लागू गरिएको...

टी–२० विश्वकप २०२६ :...

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत ग्रुप ‘C’ को पाँचौँ खेलमा नेपालले दुई...
spot_img

मधेसमा ८ दलका अध्यक्ष चुनावी मैदानमा

spot_img

बीरगन्ज, ०७ माघ । मधेस प्रदेशमा आगामी प्रतिनिधिसभा निर्वाचनलाई लिएर राजनीतिक प्रतिस्पर्धा असाधारण रूपमा चर्किएको छ। यसपटक मधेसका विभिन्न निर्वाचन क्षेत्रमा ८ वटा राष्ट्रिय तथा क्षेत्रीय दलका अध्यक्षहरू नै चुनावी मैदानमा उत्रिनु ले चुनावलाई सत्ता–संघर्षको केन्द्र बनाएको छ।

नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही–४ बाट उम्मेदवार बनेपछि उक्त क्षेत्र राष्ट्रिय राजनीतिको ध्यान केन्द्र बनेको छ। उनको प्रतिस्पर्धामा एमाले र रास्वपाका उम्मेदवार रहेकाले यो क्षेत्र तीनध्रुवीय प्रतिस्पर्धामा देखिन्छ। त्यसैगरी, जसपा अध्यक्ष उपेन्द्र यादव, जनमत अध्यक्ष सीके राउत, आम जनता पार्टी अध्यक्ष प्रभु साह, राष्ट्रिय मुक्ति पार्टी अध्यक्ष राजेन्द्र महतो, संघीय समाजवादी पार्टी अध्यक्ष रिजवान अन्सारी, राष्ट्रिय निर्माण दल अध्यक्ष समिम मियाँ अन्सारी र समुन्नत नेपाल पार्टी अध्यक्ष पूर्व–आईजीपी सर्वेन्द्र खनाल समेत मैदानमा उत्रिएका छन्।

शक्ति परीक्षणको थलो मधेस

मधेसमा ३२ प्रतिनिधिसभा सिट रहेको र विगत दुई निर्वाचनमा परिणाम निकै फरक–फरक देखिएकाले यसपटक दलहरू अध्यक्षस्तरका नेताहरू अघि सारेर शक्ति परीक्षणमा उत्रिएको विश्लेषकहरूको भनाइ छ। विशेषतः जसपा, जनमत र लोसपा जस्ता मधेस केन्द्रित दलहरूको प्रभाव घट्दो क्रममा छ कि छैन भन्ने प्रश्नको उत्तर यस निर्वाचनले दिनेछ।

रास्वपाको परीक्षा

अघिल्ला दुई निर्वाचनमा मधेसबाट एक सिट पनि नजितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यसपटक भने मधेसमा आक्रामक देखिएको छ। अमरेश सिंह, मनिष झा, किसोरी साहजस्ता उम्मेदवारमार्फत रास्वपाले मधेसमा वैकल्पिक राजनीतिको सन्देश दिन खोजेको छ।

परिवारवादले बढायो असन्तुष्टि

चुनावसँगै मधेसमा दलभित्रको आन्तरिक विवाद पनि सतहमा आएको छ। जसपा नेपालका संरक्षक महन्थ ठाकुरले छोरी र सम्धीलाई टिकट दिएको विषयले पार्टीभित्रै असन्तोष चर्किएको छ। यसले मधेस राजनीतिमा परिवारवाद र गुटबन्दी अझै बलियो रहेको सन्देश दिएको छ।

रोचक भिडन्त र मतदाताको भूमिका

धनुषा–३, सप्तरी–२, सर्लाही–४, बारा–४ जस्ता क्षेत्रलाई यसपटकका हाई–प्रोफाइल निर्वाचन क्षेत्र मानिएको छ, जहाँ स्थापित नेता र नयाँ शक्तिबीच कडा प्रतिस्पर्धा देखिन्छ। करिब २९ लाखभन्दा बढी मतदाता रहेको मधेसमा युवा, वैदेशिक रोजगारमा आश्रित परिवार र कृषक मतदाताको भूमिकाले निर्णायक असर पार्ने अनुमान गरिएको छ।

समग्रमा, मधेसको यो निर्वाचन केवल सिट संख्याको लडाइँ मात्र नभई पुराना मधेसवादी दल, राष्ट्रिय दल र नयाँ वैकल्पिक शक्तिबीचको राजनीतिक दिशानिर्देशनको चुनाव का रूपमा हेरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय