सुनको मूल्य तीन लाख नाघ्यो, हालसम्मकै उच्च

spot_img

वीरग,०९ माघ । नेपाली बजारमा सुनचाँदीको मूल्यले नयाँ कीर्तिमान बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुन प्रतितोला ९ हजार २०० रुपैयाँ र चाँदी ३२० रुपैयाँले बढेको हो।

आज छापावाल सुन प्रतितोला ३ लाख १ हजार ४०० रुपैयाँमा कारोबार भएको छ भने चाँदीको मूल्य प्रतितोला ६ हजार १९० रुपैयाँ पुगेको छ। महासंघका अनुसार यो हालसम्मकै उच्च मूल्य हो।

यसअघि बुधबार सुन प्रतितोला २ लाख ९५ हजार १०० रुपैयाँ र चाँदी ५ हजार ९२० रुपैयाँमा कारोबार भएको थियो। मंगलबार सुन २ लाख ८४ हजार ७०० रुपैयाँ र चाँदी ५ हजार ८८० रुपैयाँमा किनबेच भएको थियो। त्यस्तै, आइतबार सुन २ लाख ७८ हजार ८०० रुपैयाँ र चाँदी ५ हजार ६२५ रुपैयाँमा कारोबार भएको थियो भने सोमबार सुन २ लाख ८२ हजार रुपैयाँ र चाँदी ५ हजार ८१० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ४ हजार ९६० अमेरिकी डलर र चाँदी प्रतिऔँस ९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्यवृद्धिको असर नेपाली बजारमा पनि परेको व्यवसायीहरूको भनाइ छ।

spot_img

ताजा अपडेट

लोकप्रिय