अमेरिकी डलर हालसम्मकै महँगो, एक डलर १४७ रुपैयाँ नाघ्यो

spot_img

काठमाडौं,१० माघ । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि सार्वजनिक गरेको विदेशी मुद्रा विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। राष्ट्र बैङ्कका अनुसार एक अमेरिकी डलरको खरिददर १४६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४१ पैसा कायम गरिएको छ।

अन्य प्रमुख विदेशी मुद्राको विनिमयदर पनि उच्च स्तरमा देखिएको छ। युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७३ रुपैयाँ ०२ पैसा तोकिएको छ भने बेलायती पाउण्ड स्ट्रलिङको खरिददर १९८ रुपैयाँ ५८ पैसा र बिक्रीदर १९९ रुपैयाँ ३९ पैसा रहेको छ। स्वीस फ्रयाङ्क एकको खरिददर १८५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८६ रुपैयाँ ३७ पैसा निर्धारण गरिएको छ।

यसैगरी अष्ट्रेलियन डलर एकको खरिददर १०० रुपैयाँ ५५ पैसा र बिक्रीदर १०० रुपैयाँ ९६ पैसा, क्यानेडियन डलरको खरिददर १०६ रुपैयाँ ५० पैसा र बिक्रीदर १०६ रुपैयाँ ९४ पैसा तथा सिङ्गापुर डलरको खरिददर ११४ रुपैयाँ ७५ पैसा र बिक्रीदर ११५ रुपैयाँ २२ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ २७ पैसा र बिक्रीदर ९ रुपैयाँ ३१ पैसा कायम भएको छ भने चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ०८ पैसा र बिक्रीदर २१ रुपैयाँ १७ पैसा रहेको छ। साउदी रियाल, कतारी रियाल र युएई दिरामको विनिमयदर पनि बढ्दो क्रममा देखिएको छ।

केन्द्रीय बैङ्कका अनुसार कुवेती दिनार एकको खरिददर ४८० रुपैयाँ ३२ पैसा र बिक्रीदर ४८२ रुपैयाँ २८ पैसा, बहराइन दिनारको खरिददर ३८९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३९० रुपैयाँ ९८ पैसा तथा ओमनी रियालको खरिददर ३८१ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३८२ रुपैयाँ ९१ पैसा तोकिएको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।

राष्ट्र बैङ्कले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कहरूले तोक्ने दर फरक हुन सक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको वेबसाइटमार्फत हेर्न सकिने जानकारी दिइएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय