Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026

पर्सा–१ मा हरि पन्तको...

वीरगंज,२५ माघ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा निर्वाचन क्षेत्र नं.–१ का...

अन्तिम ओभरमा चुक्यो नेपाल,...

मुम्बई,२५ माघ  — आईसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४...

पर्सामा निर्वाचन आचारसंहिता उल्लङ्घनको...

वीरगंज, २५ माघ — पर्सा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै लागू गरिएको...

टी–२० विश्वकप २०२६ :...

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत ग्रुप ‘C’ को पाँचौँ खेलमा नेपालले दुई...
spot_img

सर्लाहीको मलङ्गवामा दादुराको प्रकोप: ७ जना संक्रमित, २२ घर निगरानीमा

spot_img

सर्लाही,११ माघ । सर्लाहीको मलङ्गवा नगरपालिका–३ मा दादुरा रोगको संक्रमण फैलिएको छ। स्वास्थ्य कार्यालयका अनुसार हालसम्म सात जनामा दादुरा पुष्टि भएको छ । साथै थप २२ जनालाई संक्रमणको सम्भावना रहकाेले उनीहरूको घरमै स्वास्थ्यकर्मीहरूले निगरानी थालेका छन्।

स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा. नवलकिशोर झाले दादुरा तीव्र गतिमा फैलने संक्रामक रोग भएको बताएकाछन् र मलङ्गवावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेकाछन्।

उनले भने “हामीले बिरामी फेला परेका क्षेत्रहरूमा निगरानी बढाएका छौं र समुदायमा संक्रमण फैलिन नदिन सक्रिय काम गरीरहेकाछाैँ” 

दादुराको प्रकोप नियन्त्रण गर्न र बालबालिकालाई सुरक्षित राख्न मलङ्गवा नगरपालिकाले माघ १२ देखि १६ गतेसम्म विशेष खोप अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। यस अभियानअन्तर्गत नगरपालिकाका वडा नं. २, ३, ४, ८, ९ र १० का ६ महिनादेखि १४ वर्षसम्मका बालबालिकालाई दादुराविरुद्धको खोप लगाइने छ।

नगरपालिकाको स्वास्थ्य शाखाले अभिभावकहरूलाई आफ्ना बालबालिकालाई नजिकैको खोप केन्द्रमा लगेर अनिवार्य रूपमा खोप लगाउन आग्रह गरेको छ। स्वास्थ्य विज्ञहरूले समयमै खोप लगाउनु नै दादुरा जस्तो जोखिमपूर्ण रोगबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय भएको बताएका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय