spot_img

पर्सा–२ मा नेजपाका उम्मेदवार पटेलद्धारा घरदैलो कार्यक्रम सञ्चालन

spot_img
spot_img

वीरगन्ज,११ माघ । पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत बगही, ध्यानसिंह पिपरा, कोनिहा र बिन्दवासिनीमा नेपाल जनता पार्टीले आज घरदैलो कार्यक्रम सञ्चालन गरेको छ। घरदैलोमा पार्टीका नेता, कार्यकर्ता र समर्थकहरूले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै प्रतिनिधि सभा सदस्यका उम्मेदवार सन्तोष पटेल (सन्तोषानन्द महाराज) को उम्मेदवारी सफल बनाइदिन आग्रह गरेका थिए।

कार्यक्रमका क्रममा बासिन्दाहरूले शिक्षा, स्वास्थ्य, रोजगारी, धार्मिक–सांस्कृतिक संरक्षण, सडक तथा आधारभूत पूर्वाधार विकास जस्ता विषयमा आफ्ना समस्या र अपेक्षाहरू राखेका थिए। पार्टी नेतृत्वले जनताको विश्वास र समर्थनकै आधारमा पर्सा–२ लाई विकास, सुशासन र पहिचानको दृष्टिले नमुना क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

घरदैलो कार्यक्रममा स्थानीय युवापुस्तादेखि वृद्ध–वृद्धासम्मको उत्साहजनक सहभागिता देखिएको थियो। सहभागीहरूले कार्यक्रममार्फत पार्टीप्रति जनसमर्थन बढ्दै गएको दाबी गरेका छन्। नेपाल जनता पार्टीले आगामी दिनहरूमा पनि यस्ता घरदैलो कार्यक्रमलाई निरन्तरता दिँदै मतदातासँग प्रत्यक्ष संवाद र समझदारी सुदृढ बनाउने योजना रहेको जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय