spot_img

पर्साको ठोरीबाट ५५ केजी गाँजासहित एक जना पक्राउ

spot_img
spot_img

बीरगन्ज,१२ माघ । पर्साको ठोरी गाउँपालिकाबाट ठुलो परिमाणको लागुऔषध गाँजासहित एक जना पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरी टोलीले ठोरी गाउँपालिका वडा नं. ४, विशाल चोक निवासी ३४ वर्षीय सुरेश श्रेष्ठलाई उनकै घरबाट पक्राउ गरेको हो। आफ्नै घरमा लागुऔषध गाँजा भण्डारण तथा बिक्री वितरण भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले खानतलासी गर्दा ५ पोकामा राखिएको कुल ५५ केजी गाँजा बरामद गरिएको जनाएको छ।

प्रहरीका अनुसार गाँजा घरभित्र लुकाइछिपाइ राखिएको अवस्थामा फेला परेको हो। पक्राउ परेका श्रेष्ठमाथि लागुऔषध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालत पर्साबाट १० दिनको म्याद थप भई थप अनुसन्धान भइरहेको छ।

प्रहरी प्रवक्ता हरि बहादुर बस्नेतका अनुसार उक्त गाँजा घरभित्र लुकाई छिपाई राखिएको अवस्थामा फेला परेको थियो।

spot_img

ताजा अपडेट

लोकप्रिय