गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

spot_img

काठमाडौँ,०९ वैशाख । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन्। उनले बुधबार सामाजिक सञ्जालमार्फत नैतिकताको आधारमा राजीनामा दिएको घोषणा गरेका हुन्।

विवादित व्यापारी दीपक भट्टसँगको सेयर लगानी लगायत विषयमा उठेका प्रश्न र नागरिकस्तरबाट आएका टिप्पणीलाई सम्बोधन गर्दै उनले पद त्याग गरेको जनाएका छन्।

फेसबुकमार्फत सार्वजनिक सन्देश जारी गर्दै गुरुङले चैत १३ गतेदेखि सम्हालेको गृह मन्त्रालयको जिम्मेवारी आजकै मितिदेखि लागू हुने गरी छोडेको जानकारी दिएका हुन्। उनले सार्वजनिक जीवनमा स्वच्छता र पारदर्शिता अनिवार्य हुनुपर्नेमा जोड दिएका छन्।

गुरुङले पदभन्दा नैतिकता र शक्तिभन्दा जनविश्वास ठूलो हुने उल्लेख गर्दै पछिल्लो समय उठिरहेको सुशासन र जवाफदेहितासम्बन्धी मागलाई सम्बोधन गर्न नैतिक जिम्मेवारी लिनुपर्ने बताए।

उनले लेखेका छन्, “देशमा सुशासन र जवाफदेहिताको माग गर्दै उठिरहेको जेनजी आन्दोलनले सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ भन्ने सन्देश दिएको छ।”

साथै, आफ्नो विषयमा निष्पक्ष छानबिन हुनुपर्ने र पदमा रहँदा कुनै प्रकारको स्वार्थको द्वन्द्व नदेखियोस् भन्ने उद्देश्यले राजीनामा दिएको उनले स्पष्ट पारेका छन्।

राजीनामासम्बन्धी सन्देशमा गुरुङले सञ्चारमाध्यमप्रति समेत टिप्पणी गर्दै केही मिडियाकर्मीहरूको आर्थिक सम्बन्धबारे प्रश्न उठाएका छन्। उनले भनेका छन्, “रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउनुपर्छ।”

अन्त्यमा उनले आम नागरिक र युवालाई सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा उभिन अपिल गरेका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय