रौतहटमा अवैध कटुवा पेस्तोलसहित भारतीय युवक पक्राउ

spot_img

वीरगन्ज,०८ वैशाख । रौतहटको बौधिमाई नगरपालिकाबाट प्रहरीले अवैध कटुवा पेस्तोलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बिहार राज्य अन्तर्गत पूर्वी चम्पारण जिल्लाका २० वर्षीय सूर्य कुमार दास रहेका छन्।

प्रहरीका अनुसार विशेष सूचनाको आधारमा खटिएको टोलीले सोमबार साँझ करिब ६:३० बजे बौधिमाई नगरपालिका–७ स्थित बंकुल क्षेत्रको इँटा उद्योग नजिक शङ्कास्पद अवस्थामा रहेका दासलाई नियन्त्रणमा लिएको हो। खानतलासीका क्रममा उनले लगाएको पाइन्टभित्र लुकाएर राखिएको अवस्थामा १ थान कटुवा पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ।

यसका साथै दासको साथबाट ओप्पो कम्पनीको मोबाइल र दुई वटा भारतीय सिम कार्ड पनि फेला परेको छ। प्रहरी प्रवक्ता विष्णु प्रदीप बस्याल का अनुसार पक्राउ परेका दासमाथि थप अनुसन्धान भइरहेको छ। सीमा क्षेत्रमा हुने अवैध हतियार ओसारपसार नियन्त्रणका लागि प्रहरीले निगरानी र सक्रियता बढाएको जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय