Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026

पर्सा–१ मा हरि पन्तको...

वीरगंज,२५ माघ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा निर्वाचन क्षेत्र नं.–१ का...

अन्तिम ओभरमा चुक्यो नेपाल,...

मुम्बई,२५ माघ  — आईसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४...

पर्सामा निर्वाचन आचारसंहिता उल्लङ्घनको...

वीरगंज, २५ माघ — पर्सा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै लागू गरिएको...

टी–२० विश्वकप २०२६ :...

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत ग्रुप ‘C’ को पाँचौँ खेलमा नेपालले दुई...
spot_img

बालेन, हर्क र महेशसहित ५ उम्मेदवारलाई आयोगले स्पष्टीकरण सोध्यो

spot_img

काठमाडौँ,१३ माघ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने पाँच उम्मेदवार र २ सङ्घसंस्थालाई स्पष्टीकरण सोधिएको छ । निर्वाचन आयोग आचारसंहिता अनुगमन शाखाका अनुसार झापा निर्वाचन क्षेत्र नम्बर ५ का रास्वपा उम्मेदवार बालेन शाहसहित ५ जना उम्मेदवारलाई स्पष्टीकरण सोधिएको हो ।

बालेन शाहले झापा ५ कै अर्का उम्मेदवार केपी शर्मा ओलीले सामाजिक सञ्जालमा राखेको पोस्टमा कमेन्ट गर्दै ‘हत्यारा’ भनेर टिप्पणी गरेका थिए । त्यस्तै अर्का रुपन्देही २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका निकोसल भुसाललाई पनि आयोगले स्पष्टीकरण सोधेको छ । उनलाई जेनजी आन्दोलनको आइकोनिक जुत्ता चुनाव चिन्ह भनी प्रचार गरेको आरोपमा स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।

त्यसबाहेक श्रम संस्कृति पार्टीबाट सुनसरी १ बाट उम्मेदवार बनेका हर्क साम्पाङले चुनाव प्रचारमा बालबालिका प्रयोग गरेको, टिसर्ट लगाउन लगाएर आचारसंहिता उल्लङ्घन गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको छ ।

त्यस्तै भक्तपुर २ का एमाले उम्मेदवार महेश बस्नेतलाई रास्वपाका उम्मेदवार बालेन शाहलाई ‘छाउरा’ भनेको आरोपमा आयोगले स्पष्टीकरण सोधेको छ । भक्तपुर २ कै उम्मेदवार जानुका पाठक (शोभा पाठक) लाई उम्मेदवारमाथि घृणाजन्य टिप्पणी गरेको तथा हत्यारा, बलात्कारी जस्ता शब्द प्रयोग गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको जनाएको छ ।

त्यसबाहेक स्वास्थ्य स्वयंसेवक सङ्घले अनुमति नलिई आचारसंहिता लागू भएपछि अधिवेशन गरेको विषयमा सङ्घलाई स्पष्टीकरण सोधेको छ । अर्को एक स्पष्टीकरण शिक्षक सरुवाको विषयमा रहेको आयोगले जनाएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय