spot_img

मधेश प्रदेशमा पहिलो पटक महिला क्रिकेट प्रतियोगिता हुँदै

spot_img
spot_img

जनकपुर,३१ वैशाख । मधेश प्रदेशमा पहिलो पटक महिला खेलाडीहरुका लागि सहिद कप महिला क्रिकेट लिग प्रतियोगीता २०८३ सुरु भएको छ।

बिहीबार (आज) देखि सुरु भएको उक्त प्रतियोगितामा मधेश प्रदेशका ८ वटै जिल्लाका महिला क्रिकेट खेलाडीहरुको उपस्थिती रहेको छ। मधेश खेलकुद परिषद्को अगुवाई र धनुषा जिल्ला क्रिकेट संघको सहकार्यमा सुरु भएको ८ दिनसम्म चल्ने यस क्रिकेट प्रतियोगितामा समूह ए र समूह बी गरेर १५ वटा खेलहरु हुनेछ।

समूह ए अन्तर्गत पर्सा, बारा, रौतहट र सर्लाही रहेको छ भने समूह बी अन्तर्गत महोत्तरी, धनुषा, सप्तरी र सिरहा रहेका छन्। आजबाट सुरु भएको लिग चरणको खेल समाप्त भएपछि फाईनल खेल जेष्ठ ७ गतेदेखि सुरु हुने जनाइएको छ।

मधेश प्रदेश सरकारले यस प्रतियोगिताका निम्ति ३० लाख रुपैयाँ बजेट छुट्याएको छ। खेलका बिजेता टिम र म्यान अफ द म्याच, म्यान अफ द लिगका लागि ट्रफी र मेडल दिईने जानकारी गराइएको छ। आजको उद्घाटन खेल धनुषा र महोत्तरीबीच हुँदैछ भने आजै अर्को खेल सप्तरी र सिरहा टीमबीच हुनेछ।

उद्घाटन कार्यक्रममा खेलकुद तथा समाज कल्याण मन्त्रालय, मधेश प्रदेशका निमित सचिव सुशील कुमार शाहले प्रदेशमा रहेका महिला खेलाडिहरुको प्रोत्साहन र नयाँ प्रतिभाहरुको पहिचानका निम्ति यस प्रतियोगिताको आयोजना गरिएको जानकारी दिए।

त्यस्तै जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले रंङ्गशाला निर्माण प्रक्रिया अगाडि बढेको जानकारी गराए। उनले रंङ्गशाला निर्माण जति छिटो हुनेछ त्यत्ति नै छिटो जनकपुरधाम विकासको बाटोतर्फ नयाँ पाईला चाल्ने बताए।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय