काठमाडौं,३१ वैशाख । नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले गाँजा खेतीलाई वैधानिक दिन माग गरेका छन् । बिहीबार प्रतिनिधिसभा (संसद) को बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।
‘यो देशका आर्थिक समृद्धि गर्ने, रोजगारी सिर्जना गर्ने हो भने नीतिगत रूपमा, वैधानिक रूपमा गाँजा खेती गर्नुपर्छ’,सांसद राईले भने ।
नेपालमा गाँजा खान विगतमा अमेरिकाबाट मानिस आउने गरेको उनले बताए । २०३३ सालमा गाँजा खेती बन्द हुन पुगको भन्दै उनले खुलाउन आवश्यक रहेको बताए ।गाँजा खेतीबाट औषधि बन्ने, कपडा बन्ने पनि उनले बताए ।



