वीरगन्ज,१३ माघ । पर्सा क्षेत्र नम्बर २ का रास्वपा उम्मेदवार सुशील कुमार कानुले बहुदरमाई नगरपालिका वडा नम्बर ३, पद्मैँलमा मंगलबार घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।
सुशील कानु आफ्नो पार्टीका नेता, कार्यकर्ता र समर्थकहरूसँगै वडाका मतदाताका घर–घर पुगे र यसपालि रास्वपालाई मतदान गर्न आग्रह गरे। उनले मतदाताका समस्या र गुनासो सुनेर जनताको सेवामा आफू सधैं तत्पर रहने वाचा पनि गरे। कानुले भने, “म नेताको रूपमा होइन, जनताको सेवकको रूपमा यहाँ आएको हुँ र पर्सा–२ का हरेक जनताको दुख–सुखमा सधैं साथ दिनेछु।”
रास्वपाले जिते नेपालमा पहिलाे पटक मधेसीकाे छाेराे बालेन शाह प्रधानमन्त्री बन्ने भन्दै कानुले मधेसी जनताले याे अवसर यसपालि गुमाउन नहुनेपनि बताए ।



