Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026

पर्सा–१ मा हरि पन्तको...

वीरगंज,२५ माघ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा निर्वाचन क्षेत्र नं.–१ का...

अन्तिम ओभरमा चुक्यो नेपाल,...

मुम्बई,२५ माघ  — आईसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४...

पर्सामा निर्वाचन आचारसंहिता उल्लङ्घनको...

वीरगंज, २५ माघ — पर्सा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै लागू गरिएको...

टी–२० विश्वकप २०२६ :...

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत ग्रुप ‘C’ को पाँचौँ खेलमा नेपालले दुई...
spot_img

मधेस प्रदेशमा ५८ जना जेन–जी युवा चुनावी प्रतिस्पर्धामा

spot_img

जनकपुर,१४ माघ । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा मधेस प्रदेशबाट ५८ जना जेनजी पुस्ताका युवा उम्मेदवार बनेका छन्। निर्वाचन आयोगको तथ्याङ्क अनुसार तीमध्ये दुईजना महिला र ५६ जना पुरुष रहेका छन्।

आयोगका अनुसार जेनजी पुस्ताका उम्मेदवारमध्ये ४१ जना स्वतन्त्र र १७ जना विभिन्न राजनीतिक दलबाट चुनावी मैदानमा उत्रिएका हुन्। युवाको बढ्दो राजनीतिक सक्रियताले यसपटकको निर्वाचनलाई थप रोचक बनाउने विश्वास गरेको छ।

दलगत रूपमा हेर्दा उज्यालो नेपाल पार्टी र जनमत पार्टीले ३–३ जना जेनजी पुस्ताका युवालाई उम्मेदवार बनाएका छन्। श्रम संस्कृति पार्टीले दुईजना युवा उम्मेदवार उठाएको छ। यसैगरी नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल कम्युनिस्ट पार्टी, आम जनता पार्टी, जन अधिकार पार्टी, जनता लोकतान्त्रिक पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी र नेपालका लागि नेपाली पार्टीले एक–एक जना जेनजी पुस्ताका युवालाई उम्मेदवार बनाएका छन्।

उज्यालो नेपाल पार्टीले सिराहा क्षेत्र नम्बर ३ बाट २६ वर्षीय सर्वन पासवान, महोत्तरी १ बाट २८ वर्षीय मनोज कुमार गुप्ता र रौतहट २ बाट २५ वर्षीय रामाकान्त प्रसाद पटेललाई उम्मेदवार बनाएको छ। जनमत पार्टीले महोत्तरी १ बाट २७ वर्षीय वीरेन्द्र महतो, रौतहट २ बाट २८ वर्षीय सोनु कुस्वाहा र रौतहट ४ बाट २८ वर्षीय राम कल्याण राउतलाई उम्मेदवार बनाएको छ।

श्रम संस्कृति पार्टीले सिराहा क्षेत्रबाट २६ वर्षीय पंकज कुमार ठाकुर र पर्सा १ बाट २८ वर्षीय वसिम शेषलाई उम्मेदवार बनाएको छ। नेकपा एमालेले सर्लाही ४ बाट पूर्व सांसद शिव पूजन यादवको छोरा २७ वर्षीय कम्युनिस्ट कुमार यादवलाई उम्मेदवार बनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले सिराहा १ बाट युवा तथा खेलकुद मन्त्रीसमेत भइसकेका २८ वर्षीय बब्लु गुप्तालाई उम्मेदवार बनाएको छ।

नेकपाले बारा ४ बाट २७ वर्षीय अजय कुशवाहालाई उम्मेदवार बनाएको छ। यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी सप्तरी २ बाट २७ वर्षीय अजयकुमार दास र नेपाल मजदुर किसान पार्टीले सोही क्षेत्रबाट निलम कुमारी यादवलाई उम्मेदवार बनाएको हो।

यसपटक निर्वाचनमा जिन्जी पुस्ताको उल्लेखनीय सहभागिताले मधेस प्रदेशको राजनीतिक नेतृत्वमा पुस्तान्तर संकेत दिएको युवा विश्लेषक रन्धीर चौधरीले बताए। उनका अनुसार युवाको उपस्थितिले पुराना राजनीतिक अभ्यासमा परिवर्तन ल्याउने विश्वास गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय