spot_img

सामाजिक सञ्जालमा तथ्यहीन आरोप लगाएको अभियोगमा युवराज सफल पक्राउ

spot_img
spot_img

काठमाडौँ,१४ माघ । ‘युवराज सफल’ का नामले चिनिने युवराज पौडेललाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार पौडेललाई  काठमाडौंबाट पक्राउ गरिएको हो।

प्रहरीका अनुसार महान्यायाधिवक्ता तथा महान्यायाधिवक्ता कार्यालयविरुद्ध सामाजिक सञ्जालमार्फत तथ्यहीन आरोप लगाएको विषयमा अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको हो। यससम्बन्धी अनुसन्धानका लागि आजै पौडेललाई अदालतमा पेश गरी तीन दिनको म्याद लिइएको प्रवक्ता भट्टराईले जानकारी दिए।

प्रहरीले जनाएको अनुसार महान्यायाधिवक्ताको कार्यालयले यही माघ ८ गते पौडेलमाथि अनुसन्धान तथा आवश्यक कारबाही गर्न अनुरोध गर्दै पत्राचार गरेपछि उनलाई पक्राउ गरिएको हो। हाल पौडेलविरुद्ध विद्युतीय अपराधसम्बन्धी कसुरमा अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय