प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषद् बैठक बोलाइयो

spot_img

काठमाडौं,२३ वैशाख । सर्वोच्च अदालतको रिक्त रहेको प्रधानन्यायाधीश पदमा नियुक्ति सिफारिस गर्न संवैधानिक परिषद्को बैठक आह्वान गरिएको छ।

संवैधानिक परिषद् को सचिवालयका अनुसार बैठक २०८३ वैशाख २४ गते बिहीबार अपराह्न ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। बैठकको मुख्य एजेन्डा प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्ने रहेको छ।

परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाह को निर्देशनमा बैठक आह्वान गरिएको हो।

बैठकमा सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम, प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बे र उपसभामुख रुवी कुमारी लाई आमन्त्रण गरिएको छ।

यो बैठकबाट सर्वोच्च अदालतको नेतृत्वमा नयाँ प्रधानन्यायाधीश सिफारिस गर्ने प्रक्रिया औपचारिक रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय