सुनको मूल्य बढ्यो

spot_img

काठमाडाैं,१४ माघ । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८०० र त्यति नै चाँदीको मोल सात हजार ३०० कायम भएको छ ।

मङ्गलबार एक तोला छापावाल सुनको मूल्य तीन लाख नौ हजार ३०० र त्यति नै चाँदीको मोल छ हजार ८७० कायम भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २०० र त्यति नै परिमाणको सेतो धातु १११ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय