एनआई कलेज नजिकको घरमा ठूलो चोरी, तीन जना चोर सीसी क्यामरामा कैद

spot_img

वीरगन्ज,१४ माघ । वीरगन्ज उपमहानगरपालिका वडा नं. १५ अन्तर्गत एनआई कलेजतर्फ जाने बाटोमा रहेको एक घरमा करिब ५० लाख रुपैयाँभन्दा बढी मूल्यको धनमाल चोरी भएको छ। करिब १ बजेको समयमा घरमा कोही नभएको अवस्थामा झ्यालबाट प्रवेश गरेका चोरहरूले सुनचाँदीका गरगहना, नगद तथा अन्य मूल्यवान सामग्री चोरी गरी फरार भएका हुन्।

घरमा जडान गरिएको सीसी क्यामरामा तीन जना पुरुष करिब एक घण्टासम्म घरभित्र दराज फोर्दै चोरी गरिरहेको दृश्य कैद भएको छ। चोरी भएको घर वीरगञ्ज–१५ निवासी श्यामलाल कर्णको रहेको प्रहरीले जनाएको छ।

घटनाबारे जानकारी पाएपछि प्रहरी घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ। सीसी क्यामरा फुटेजको आधारमा संलग्न व्यक्तिको खोजी भइरहेको जनाइएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय