काठमाडौं,१६ माघ । ललितपुरको गोदावरी नगरपालिका–७, देवीचौरमा श्रीमतीको हत्या गरेको आरोपमा एक युवकले आफैं प्रहरी कार्यालय पुगेर आत्मसमर्पण गरेका छन्।
प्रहरीका अनुसार ३० वर्षीय विनादे पाख्रिनले आफ्नी २३ वर्षीया श्रीमती कोपिला पाख्रिनको हत्या गरेको स्वीकार गर्दै टिकाभैरव प्रहरी चौकीमा आत्मसमर्पण गरेका हुन्। जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार घटनापछि पाख्रिन स्वयं प्रहरी कार्यालय पुगेका थिए।
प्रारम्भिक अनुसन्धानमा दुवैले मदिरा सेवन गरेपछि घरायसी विवाद भएको र सोही क्रममा हत्या भएको खुलेको प्रहरीले जनाएको छ। घटनापछि कोपिला पाख्रिनको शव घरभित्रै फेला परेको थियो। घटना शुक्रबार बिहानको भएको बताइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।



