spot_img

मरेको कुखुराको मासु खाँदा दुई बालकको मृत्यु

spot_img
spot_img

कैलाली,०५ वैशाख । चुरे गाउँपालिका–३ मा मरेको ब्रोइलर कुखुराको मासु सेवन गर्दा एकै परिवारका दुई बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा ८ वर्षीय भीम ताम्राकार र उनका दाजु दीपक ताम्राकार रहेका छन्। उनीहरूको सेती प्रादेशिक अस्पताल मा उपचारका क्रममा ज्यान गएको हो।

परिवारले स्थानीय पोल्ट्री फार्मबाट मरेको कुखुरा खरिद गरी वैशाख ३ गते सेवन गरेको बताइएको छ। त्यसपछि परिवारका सबै सदस्य बिरामी परेका थिए। हाल आमाराधिका ताम्राकार र ३ वर्षीय दीपेशको सोही अस्पतालमा उपचार भइरहेको छ। चिकित्सकका अनुसार उनीहरूको अवस्था मध्यम रहेको छ।

घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय कैलाली ले अनुसन्धान सुरु गरेको छ। पोल्ट्री फार्म सञ्चालक मङ्गल साउँद प्रहरी सम्पर्कमा आएका छन् र घटनाबारे थप छानबिन भइरहेको जनाइएको छ।

यस घटनाले खाद्य सुरक्षासम्बन्धी लापरबाही र जनस्वास्थ्य जोखिमबारे गम्भीर प्रश्न उठाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय