spot_img

मतदाता नामावली संकलनको म्याद ५ दिन थपियो

spot_img
spot_img

काठमाडौं,२८ कात्तिक । आगामी निर्वाचन तयारीलाई ध्यानमा राख्दै निर्वाचन आयोगले मतदाता नामावली संकलनको अवधि थप गरेको छ। आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार मतदाता नामावली दर्ताको म्याद ५ दिन बढाएर ५ मंसिरसम्म पुर्‍याइएको हो।

उनका अनुसार प्रधानमन्त्री, गृहमन्त्रीसहित सम्बन्धित निकायले समय सीमा बढाउन आग्रह गर्दै आएका थिए। साथै दर्ता केन्द्रहरूमा भीड र चाप कायम रहेकाले अवधि थप्न आवश्यक देखिएको उनले बताए।

यसअघि सरकारले ३० कात्तिकसम्म दर्ता गर्ने समय तय गरे पनि चाप नघटेकाले आयोगले थप ५ दिनको समय दिएको हो। अब इच्छुक नागरिकले ५ मंसिरसम्म मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराउन सक्नेछन्।

spot_img

ताजा अपडेट

लोकप्रिय