spot_img

स्थानीय तह निर्वाचनअघि कांग्रेसको १५औं महाधिवेशन हुने : गगन थापा

spot_img
spot_img

काठमाडौं,१७ माघ । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनअघि पार्टीको १५औं महाधिवेशन हुने बताएका छन्। काठमाडौं–४ मा शनिबार आयोजित कार्यक्रममा उनले वडाबाटै ‘प्राइमरी इलेक्सन’मार्फत् उम्मेदवार चयन हुने व्यवस्था लागू हुने जानकारी दिए।

सभापति थापाले अब उम्मेदवारको टिकटका लागि पार्टी सभापति वा महामन्त्रीको घर धाउनु नपर्ने स्पष्ट पारे। उनले कांग्रेसमा गुटबन्दी र ६०–४० को भागबण्डा अन्त भएको पनि बताए।

थापाले पार्टीभित्र सबैलाई समान व्यवहार गरिने र पारदर्शी निर्वाचन प्रक्रिया सुनिश्चित गरिने जानकारी दिए। उनले नागरिक र पार्टी सदस्यलाई बलियो बनाउने अभियान पनि सुरु भएको उल्लेख गरे।

spot_img

ताजा अपडेट

लोकप्रिय