spot_img

मधेश साहित्य महोत्सवको तेस्रो दिन आज, भोजपुरी गायिका कल्पना पटवारी वीरगंज आउँदै

spot_img
spot_img

वीरगंज, १७ माघ – तीन दिनदेखि जारी मधेश साहित्य महोत्सव आज शनिबार समापन हुँदैछ। विशेष कार्यक्रमका बीच मधेश प्रदेश प्रमुख सुरेन्द्रलाल कर्णले महोत्सवको समापन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ। समापन समारोह महोत्सवका संरक्षक राजेशमान सिंहको अध्यक्षतामा आयोजना हुनेछ।

मधेश साहित्य महोत्सव २०२६ को तेस्रो दिन आज विविध साहित्यिक, सांस्कृतिक तथा सांगीतिक कार्यक्रमसहित सञ्चालन भइरहेको छ। आयोजकका अनुसार आजको कार्यक्रम विशेष गरी भोजपुरी साहित्य, गाउँ–शहर सम्बन्ध तथा लोकसंस्कृतिमा केन्द्रित रहनेछ। तेस्रो दिनको पहिलो सत्रमा ‘गाउँ बनाम शहर, शहर बनाम गाउँ’ विषयमा साहित्यकार सीके लालले एकल प्रस्तुति दिनेछन्।

त्यसपछि ‘भोजपुरी साहित्यमा गाउँ’ विषयक दोस्रो सत्रमा डा. हरिन्द्र हिमकर, उपेन्द्र सहनी र दिनेश गुप्ताले आ–आफ्ना विचार प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। साँझको मुख्य आकर्षणका रूपमा चर्चित भोजपुरी लोक तथा फिल्मी गायिका कल्पना पटवारी वीरगंज आउने कार्यक्रम तय भएको छ। उनले स्थानीय कलाकारहरूसँग सहकार्य गर्दै विशेष सांगीतिक प्रस्तुति दिने आयोजकले जनाएको छ। कल्पना पटवारीले वीरगंजको पुरानो बसपार्कस्थित आदर्श नगरमा प्रस्तुति दिने बताइएको छ। वीरगंजमा उनको यो पहिलो प्रस्तुति हुनेछ। यसअघि महोत्सवमा हरि गान, बहुभाषिक कवि गोष्ठी, नटुवा नाच, गीत तथा नाटक प्रस्तुत भइसकेका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय