spot_img

मुम्बईमा बलिउड निर्देशक रोहित शेट्टीको घरबाहिर गोलीबारी

spot_img
spot_img

काठमाडौं, १८ माघ । भारतको महाराष्ट्र राज्यको मुम्बईमा चर्चित फिल्म निर्देशक रोहित शेट्टीको घरबाहिर शनिबार राति गोलीबारी भएको छ। घटना करिब राति ३ बजेतिर जुहू क्षेत्रमा भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अज्ञात व्यक्तिहरूले चार राउन्ड गोली प्रहार गरेका थिए। जुहू क्षेत्र बलिउडका धेरै चर्चित कलाकारहरूको बसोबास हुने स्थानको रूपमा परिचित छ।

घटनापछि प्रहरी र फोरेन्सिक टोली तत्काल घटनास्थल पुगेको र घर वरिपरि सुरक्षा व्यवस्था कडा बनाइएको छ। हालसम्म आक्रमणकारीहरूको पहिचान हुन सकेको छैन भने गोलीबारीको कारण खुलेको छैन।

प्रहरीले सीसीटीभी फुटेज, फोरेन्सिक प्रमाण र अन्य सबै कोणबाट घटनाको अनुसन्धान भइरहेको जानकारी दिएको छ। अहिलेसम्म यस घटनाको जिम्मेवारी कसैले लिएको छैन।

spot_img

ताजा अपडेट

लोकप्रिय