संघीय निर्णयसँगै पर्साका तीन पालिकामा प्रशासकीय फेरबदल

spot_img

वीरगन्ज,०४ वैशाख । पर्सा जिल्लाका तीन स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको व्यापक फेरबदल गरिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ले हालैको निर्णयअनुसार नयाँ अधिकृतहरू खटाउँदै प्रशासनिक संरचनामा परिवर्तन गरेको हो।

यस क्रममा पोखरिया नगरपालिका मा उपसचिव शेखर पौड्याल लाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ। यसअघि गृह मन्त्रालयमा कार्यरत पौड्याललाई नयाँ जिम्मेवारीसहित पोखरिया पठाइएको हो। यहाँ निमित्त प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत कौशल झाको स्थानमा उनी आएका हुन्।

त्यसैगरी बहुदरमाई नगरपालिका मा उपसचिव रमेश अधिकारी लाई प्रमुख प्रशासकीय अधिकृतको रूपमा खटाइएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट सरुवा भई आएका अधिकारीले यहाँ वृजकिशोर प्रसादको स्थान लिएका छन्। उता कालिकामाई गाउँपालिका मा केशव कुमार अधिकारी लाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ। यसअघि कार्यरत राज कुशवाहालाई गृह मन्त्रालय अन्तर्गत सरुवा गरिएको छ।

मन्त्रालयले चैत ३० गतेको निर्णयमार्फत देशभर २१ जना उपसचिव र ६ जना शाखा अधिकृतको एकैपटक सरुवा गरेको थियो। सोही निर्णयअनुसार पर्साका यी तीन स्थानीय तहमा नयाँ नेतृत्व पठाइएको बताइएको छ। यस फेरबदललाई स्थानीय प्रशासन सुदृढ बनाउने प्रयासका रूपमा हेरिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय