संघीय तालिका नमान्दै जीतपुरसिमरामा चाँडै विद्यालय सञ्चालन

spot_img

बीरगन्ज,०४ वैशाख । बाराको जीतपुरसिमरा उपमहानगरपालिका ले संघीय सरकारको तय गरिएको शैक्षिक कार्यतालिकाभन्दा फरक निर्णय गर्दै विद्यालय भर्ना अभियान र पठनपाठन अघि बढाउने भएको छ।

संघीय सरकारअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्र ले देशभरका विद्यालयमा वैशाख १५ गतेदेखि भर्ना र वैशाख २१ गतेदेखि कक्षा सञ्चालन गर्न निर्देशन दिएको थियो। तर स्थानीय आवश्यकतालाई कारण देखाउँदै उपमहानगरपालिकाले आफ्नै तालिका सार्वजनिक गरेको हो।

नगर प्रमुख राजन पौडेल को निर्णयअनुसार अब उपमहानगरभित्रका सबै विद्यालयहरूले वैशाख ७ गतेदेखि नै विद्यार्थी भर्ना सुरु गर्नेछन् भने वैशाख १४ गतेदेखि नियमित पठनपाठन सञ्चालन गर्नुपर्नेछ।

उपमहानगरपालिकाको तर्क अनुसार संघीय तालिका पर्खिँदा शैक्षिक सत्र ढिला हुने, वार्षिक कार्यघण्टा नपुग्ने र शिक्षाको गुणस्तरमा असर पर्ने सम्भावना रहेको छ। सरोकारवालाहरूबाट पनि चाँडो विद्यालय सञ्चालन गर्न दबाब आएको उल्लेख गरिएको छ।

यससँगै विद्यालय समयसमेत परिवर्तन गरिएको छ। अब विद्यालयहरू शुक्रबार पनि बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुनेछन् भने शनिबार र आइतबार भने पूर्ण बिदा दिइनेछ। संघीय निर्देशनभन्दा अगाडि बढेको यस निर्णयले शिक्षा व्यवस्थापनमा संघीय र स्थानीय तहबीच समन्वयको अवस्थाबारे नयाँ बहस सिर्जना गरेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय