spot_img

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा एक महिना निषेधाज्ञा जारी

spot_img
spot_img

काठमाडौं,२९ माघ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरभित्र एक महिनाका लागि निषेधाज्ञा जारी गरेको छ। फागुन १ गते विमानस्थल र आसपासका क्षेत्रमा प्रदर्शन गर्ने घोषणा केही समूह तथा राजनीतिक दलहरूले गरेपछि प्रशासनले सुरक्षा सतर्कता अपनाउँदै आदेश जारी गरेको हो।

बिहीबारदेखि लागू हुने आदेशअनुसार विमानस्थल प्रवेश गर्ने गोल्डेन गेटदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय टर्मिनल, पार्किङ क्षेत्रलगायत सम्पूर्ण हाताभित्र पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन पाउने छैनन्। अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम सञ्चालन गर्न निषेध गरिएको प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जारी गरेको आदेशमा उल्लेख छ।

प्रशासनले विमानस्थल अत्यन्त संवेदनशील क्षेत्र भएकाले भीडभाडका कार्यक्रमबाट तोडफोड, आगजनी जस्ता अवाञ्छित गतिविधि हुन सक्ने सम्भावना औँल्याएको छ।

यद्यपि, निषेध आदेश लागू नभएका अन्य स्थानमा संविधानअनुसार शान्तिपूर्ण रूपमा भेला हुने र विचार अभिव्यक्त गर्ने अधिकार सुरक्षित रहेको प्रशासनले स्पष्ट पारेको छ। साथै, पूर्वजानकारी दिएर गरिने कार्यक्रमबाट सरकारी, सार्वजनिक वा व्यक्तिगत सम्पत्तिमा क्षति पुगेमा आयोजकबाट क्षतिपूर्ति असुल गरिने चेतावनीसमेत दिइएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय