spot_img

‘आ बाट आमा’को दुई सातामा पौने नौ करोड कमाई

spot_img
spot_img

काठमाडौं,०१ फागुन ।  नेपाली चलचित्र आ बाट आमाले प्रदर्शनको दुई सातामा उत्साहजनक व्यापार गरेको छ। माघ १६ गतेदेखि प्रदर्शनमा आएको यस फिल्मले १४ दिनभित्र घरेलु बक्सअफिसमा ७ करोड ६ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको जनाएको छ।

वितरक रोहित कट्टेलका अनुसार सोही अवधिमा विदेश बजारबाट १ करोड ६६ लाख रुपैयाँ ग्रसकलेक्सन भएको छ। यससँगै नेपालभित्र र बाहिर गरेर फिल्मको कुल कमाई करिब ८ करोड ७२ लाख रुपैयाँ पुगेको छ।

यसअघि चलचित्र विकास बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार प्रदर्शनको पहिलो ९ दिनमा मात्रै फिल्मले ४ करोड ८० लाख ९० हजार रुपैयाँ कमाएको थियो। दोस्रो सातामा पनि दर्शकको आकर्षण कायमै रहेपछि फिल्मको कमाई उल्लेखनीय रूपमा बढेको देखिन्छ।

फिल्ममा पल शाह, विपना थापा, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल र गजित विष्टलगायत कलाकारको अभिनय रहेको छ। निर्देशक चन्द्र पन्तद्वारा निर्देशित यस चलचित्रको कथा पनि पन्तकै हो। संवाद लेखनमा अभिमन्यू निरवी, अमर न्यौपाने र चन्द्र पन्तको सहकार्य रहेको छ भने छायांकन नवराज उप्रेतीले गरेका छन्।

पारिवारिक भावनामा आधारित यस फिल्मले सकारात्मक वर्ड अफ माउथका कारण बक्सअफिसमा राम्रो पकड बनाएको विश्लेषण गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय