spot_img

कांग्रेस–एमालेको दुई तिहाइ दम्भले देशमा असहज अवस्था ल्यायो : उपेन्द्र यादव

spot_img
spot_img

बीरगन्ज,०८ फागुन । उपेन्द्र यादव ले कांग्रेस र नेकपा एमाले को दुई तिहाइको दम्भका कारण देशमा असहज राजनीतिक र प्रशासनिक अवस्था आएको बताएका छन्। सप्तरीको शम्भुनाथ नगरपालिका–७ भगवतपुरमा आयोजित कार्यक्रममा उनले दुई फरक विचार र सिद्धान्त भएका ठूला पार्टीहरू मिलेर सरकारमा जानु गलत निर्णय भएको टिप्पणी गरे।

यादवले भने, “कांग्रेस–एमालेको दुई तिहाइको दम्भले जनताप्रति जिम्मेवार हुन नसक्नु, सेवा र सुविधामा असफल हुनु र सुशासन कायम गर्न नसक्नु नै सरकारको असफलताको मुख्य कारण हो।”

सप्तरी–३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका जसपा अध्यक्ष यादवले पछिल्लो विद्रोहमा अतिवाद र तानाशाही प्रवृत्तिको योगदान भएको र यसको जिम्मा कांग्रेस–एमालेले लिनुपर्नेमा जोड दिए। उनले मधेश जनविद्रोहबाट आदिवासी–जनजातिको प्रतिनिधित्व सुनिश्चित भए पनि व्यवहारमा पूर्ण कार्यान्वयन हुन नसकेको बताए।

यादवले थपे, “जनताको मत पाएर निर्वाचित भएका जनप्रतिनिधिले गाउँ–ठाउँको विकासमा योगदान दिन नसकेको, मधेशी, थारु, दलित र अन्य उपेक्षित समुदायका लागि के गरेका हुन् भन्ने प्रश्न सोधिनुपर्छ।” सङ्घीय शासन व्यवस्थालाई समाप्त पार्ने प्रयास भइरहेको बताएर उनले आम जनतालाई देशका शोषित, उपेक्षित र पछाडि पारिएका समुदायको पक्षमा सङ्घर्ष गर्ने पार्टी जसपा नेपाललाई शक्तिशाली बनाउन आग्रह गरेका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय