spot_img

रणवीर सिंहलाई १० करोड भारूको धम्की, मुम्बई प्रहरीले सुरु गर्‍यो अनुसन्धान

spot_img
spot_img

काठमाडाैं,०८ फागुन । बलिउड अभिनेता रणवीर सिंह लाई ठूलो रकम माग गर्दै धम्की आएको खुलेको छ। भारतीय सञ्चारमाध्यम एनडीटीभीका अनुसार चर्चित अपराधी समूह लरेन्स बिश्नोई सँग सम्बद्ध व्यक्तिहरूले रणवीरसँग १० करोड भारतीय रुपैयाँ माग गरेका छन्।

समाचारअनुसार गिरोहका सदस्य ह्यारी बक्सर ले रणवीरका व्यवस्थापकको व्हाट्सएपमा अमेरिकी नम्बरबाट धम्कीपूर्ण भ्वाइस नोट पठाएका थिए। उक्त घटनापछि मुम्बई प्रहरी ले नम्बरको स्रोत पत्ता लगाउन अमेरिकी अधिकारीहरूसँग समन्वय सुरु गरेको जनाएको छ।

यो धम्की यसै महिना फिल्म निर्देशक रोहित शेट्टी को घर बाहिर गोली प्रहार भएको घटनापछि आएको बताइएको छ। उक्त घटनामा पाँच राउन्ड गोली चलेको थियो र आरोपितलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। हालसम्म रणवीर सिंहलाई पठाइएको धम्कीबारे औपचारिक मुद्दा दर्ता भइसकेको छैन। तर, घटनापछि बलिउड क्षेत्रमा कलाकारहरूको सुरक्षा र आपराधिक जोखिमबारे चिन्ता बढेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय