spot_img

राजासहित नयाँ समझदारीको प्रस्ताव बेवास्ता भयो : राजेन्द्र लिङ्देन

spot_img
spot_img

काठमाडौं,१० फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचनपछि सबै पक्षलाई समेटेर नयाँ समझदारीसहित मुलुकलाई अघि बढाउनुपर्ने बताएका छन्।

रूपन्देही क्षेत्र नम्बर–१ मा पार्टीका उम्मेदवार प्रज्वल बोहराको प्रचारप्रसारका लागि धकधईमा आयोजित चुनावी सभामा बोल्दै अध्यक्ष लिङ्देनले यस्तो धारणा राखेका हुन्।

उनले २०८४ को निर्वाचन मात्रै समस्याको समाधान नभई फागुन २१ गतेको निर्वाचनपछि सबै राजनीतिक दल, राजसंस्था र नवयुवा पुस्ताबीच नवीन समझदारी आवश्यक रहेको बताए। झापा–३ बाट उम्मेदवारसमेत रहेका उनले निर्वाचनअघिनै यस्तो समझदारीको प्रस्ताव राखे पनि आफूहरूको कुरा नसुनिएको गुनासो गरे।

लिङ्देनले राष्ट्रिय समझदारी कायम गर्न दबाब पुग्नेगरी मतदान गर्न मतदातालाई आग्रह गर्दै फागुन २१ सम्म उम्मेदवारले घरदैलोमा आउने दिन भएकाले सोचविचार गरेर मत प्रयोग गर्न सुझाव दिए।

उनले निर्वाचनपछि आफ्नो पार्टी बलियो शक्ति बनेमा नयाँ समझदारीको पहल गरिने उल्लेख गरे। रूपन्देही–१ बाट राप्रपाका दिवंगत नेता दीपक बोहराका छोरा प्रज्वल बोहरा चुनावी प्रतिस्पर्धामा रहेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय