spot_img

प्रदेश सरकारलाई ३ दिनभित्र दरबन्दी विवरण बुझाउन निर्देशन

spot_img
spot_img

काठमाडौं,२१ चैत । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ले सात वटै प्रदेश सरकारलाई स्वीकृत दरबन्दी विवरण उपलब्ध गराउन निर्देशन दिएको छ।

मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयहरूलाई आफ्ना मातहतका सबै निकायहरूको कर्मचारी संरचना (दरबन्दी) को एकीकृत विवरण तीन दिनभित्र पठाउन भनेको हो।

सूचनाअनुसार प्रदेशअन्तर्गत रहेका सबै कार्यालयहरूको स्वीकृत दरबन्दी संकलन गरी एकमुष्ट विवरण तयार पारेर मन्त्रालयको इमेलमार्फत बुझाउन आग्रह गरिएको छ।

मन्त्रालयले प्रशासनिक संरचनालाई व्यवस्थित र अद्यावधिक गर्न यस्तो कदम चालिएको जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय