वास्तविक सुकुमवासीलाई जग्गा वितरण गरिने, अतिक्रमणकारी छुट्याइने : प्रधानमन्त्री बालेन शाह

spot_img

काठमाडौं,११ वैशाख –  प्रधानमन्त्री बालेन्द्र शाहले देशभर रहेका लाखौँ सुकुमवासीमध्ये वास्तविक पीडित र अतिक्रमणकारीलाई छुट्याएर अघि बढ्ने बताएका छन्।

सरकारले काठमाडौंका विभिन्न सुकुमवासी बस्ती खाली गराउने तयारी गरिरहँदा यस विषयमा विभिन्न कोणबाट प्रश्नहरू उठिरहेका छन् भने सुकुमवासीहरू पनि विरोध प्रदर्शनमा उत्रिएका छन्।

यसै सन्दर्भमा प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै वास्तविक सुकुमवासीहरूको पहिचान गरी प्रक्रिया पूरा गरेर सकेसम्म छिटो जग्गा वितरण गरिने बताएका छन्। उनले वर्षौँदेखि जटिल बनेको सुकुमवासी समस्याको दीर्घकालीन समाधान वर्तमान सरकारले गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

प्रधानमन्त्री शाहले काठमाडौंका नदी तथा खोला किनारमा बसोबास गर्नेहरू मात्र नभई अन्य धेरै परिवारहरू पनि वास्तविक पीडित रहेको उल्लेख गरेका छन्। हरेक वर्ष आउने बाढीका कारण नदीकिनारका बासिन्दाहरूले ज्यान जोगाउन संघर्ष गर्दै सम्पत्ति गुमाउनुपर्ने अवस्था दोहोरिँदै आएको स्मरण गराउँदै उनले त्यसतर्फ ध्यानाकर्षण गराएका छन्।

“यो समस्या वर्षौँदेखि दोहोरिँदै आएको छ। अब यसलाई आगामी वर्षका लागि थाँती नराखी सुरक्षित आवासको व्यवस्था गर्न आवश्यक छ,” उनले बताएका छन्।

संभावित विपद् आउनुअघि नै समाधानको उपाय खोज्नु उपयुक्त ठानेर सरकारले आवश्यक कदम अगाडि बढाएको पनि प्रधानमन्त्री शाहको भनाइ छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय